मर्जर तथा एक्विजिशनमा जाने बैंक तथा वित्तीय संस्थाले पुससम्म सुविधा पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनमा जाने बैंक तथा वित्तीय संस्थाले पाउने सेवा सुविधा पुसमसान्तसम्म उपलब्ध गराउने भएको छ । वाणिज्य बैंक, विकास बैंक , फाइनान्स कम्पनी तथा लघुवित्त कम्पनीहरु आफ्नै वर्गका कम्पनीसँग मर्जर तथा एक्विजिशनमा जाँदा उपलब्ध हुने सुबिधाहरुको म्याद थपेको छ ।

अब बाणिज्य बैंकहरु तथा लघुवित्त कम्पनीहरूले एक आपसमा मर्जर तथा एक्विजिशनमा जाँदा पाउने सुविधा पुस मसान्त अवधिसम्म प्राप्त गर्नेछन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत पुस मसान्तभित्र एकिकृत कारोबार गर्ने बाणिज्य तथा लघुवित्तहरुलाई मर्जरका लागि हालसम्म दिईएको सुविधा प्रदान गर्ने व्यवस्था गरिदिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स