काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । बागमती प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै साउन ५ गतेदेखि लागू हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर बढाएको हो ।
जसअनुसार ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/07/kathmnadu-vhada-darr.pdf” cache=”off”]