निफ्राको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (साउन ६ गते)देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जसअनुसार, बैंकले शुभ पूर्वाधार खाताअन्तर्गत संस्थागत तर्फ ५ वर्ष देखि १० वर्षसमयावधिको लागि ९.५० प्रतिशत ब्याज र १० वर्षदेखि माथिको लागि ९.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै सोही खातान्तर्गत बैंकले व्यक्तिगततर्फ भने १० प्रतिशत ब्याज निर्धारण गरेको छ ।

त्यस्तै, निफ्राले कर्जातर्फ ग्रीनफिल्ड प्रोजेक्ट कर्जामा १२ देखि १४ प्रतिशत ब्याजदर, ब्राउनफिल्ड प्रोजेक्ट लोन अन्तर्गत ११.५ प्रतिशत देखि १३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै, ब्रिज ग्याप लोनमा भने प्रोजेक्ट लोनको थप ०.५० प्रतिशत बढी ब्याज दिइने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स