५ अंकले घट्यो नेप्से, यी ५ कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाचौं दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३९ लाख ८ हजारको कित्ता सेयर १ अर्ब ६४ करोड २६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिंङ र अन्य बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

त्यसैगरि, ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२६ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको १७ करोड ८० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशिया बैंकको ११ करोड २२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २८ लाख, हिमालयन डिस्टिलरीको ६ करोड २ लाख र नेपाल एसबिआई बैंकको ४ करोड १२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स