कान्तिपुर टेलिभिजनले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १००ः१८ अर्थात् १८ प्रतिशतले हुन आउने ५ लाख ५८ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन अगाडी हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले साउन २० गतेदेखि भदौ २३ गतेसम्म सेयरधनीलाई हकप्रद वापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीको असार १३ गते सम्पन्न विशेष साधारणसभाले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले ७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार साधारण सेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा चयन गरेको छ ।

काठमाडौंको तीनकुने सुविधानगरमा मुख्य कार्यालय रहेको कान्तिपुर टेलिभिजन नेटवर्क, नेपालको निजी क्षेत्रको लोकप्रिय टेलिभिजन स्टेशन हो ।

कान्तिपुर टेलिभिजनले आम सर्वसाधारणमा आफ्नो प्रविधि मार्फत निरन्तर रुपमा सूचना तथा जानकारी प्रदान गर्दै आइरहेको छ । हाल यस टेलिभिजनले हाइ डेफिनेसन प्रविधि (एचडी) लाई अवलम्बन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स