काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्षको रुपमा रमेश हमाल भित्रिएको केहि महिना बितिसकेको छ । उनले अध्यक्षको रुपमा सपथ लिँदै गर्दा गरेको प्रतिबद्धता अर्थात यी यी काम गर्छु भनेर तयार पारिएका कार्ययोजना सार्वजनिक गरेको पनि महिनौ बितिसक्दा ठोस रुपमा लागनीकर्ताले अनुभूति गर्ने गरी कार्यान्वयनमा नआएको लगानीकर्ताहरुले बताएका छन् ।
‘धितोपत्र बोर्डले गर्ने नियमित कामभन्दा बाहेक सुधारका कार्यहरूमा छिटपुट झिना मसिना काम बाहेक उल्लेखनीय रुपमा कार्यहरू हुन सकेका छैनन्,’ ती लगानीकर्ताले हाम्रोअर्थलाई भने ‘नियमित कार्यहरू आईपीओलाई स्वीकृत गरी सप्लाईको बाढी ल्याएर पूँजी बजार तहसनहस भइरहेको अवस्थामा खरिद डिमाण्ड साइटमा भने लगानीमैत्री वातावरण तयार गरी लगानीकर्तालाई आत्मविश्वास जगाएर लगानीमैत्री वातावरण निर्माण गर्न उनी अझै सफल हुन सकेका छैनन् ।’
लगानीकर्तालाई सूसुचित गराउन वित्तीय साक्षरतादेखि लागनीकर्ताहरूले आन्दोलन गरी १९ बुँदे मागपत्र सहमति जनाइ हस्ताक्षर गरेर गरिएको सहमति पनि महिना दिन पुग्नै लाग्दा समेत एउटा पनि पूर्ण रुपमा कार्यान्वयमा आउन सकेका छैनन् ।
कार्यान्वयन समितिको दुई पटकसम्म बैठक बसेपनि २ सातादेखि भने बैठक बस्न सकिरहेको छैन जसले आन्दोलनका १९ बुँदे मागहरुलार्य प्रत्यक्ष रुपमा स्म्बोधन हुन सकेको छैन । आन्दोलन मार्फतबाट गएका कार्यान्वय समितिका सदस्यहरूको तालिका पूर्ण मागका कार्यान्वयका चरणहरू तालिकीकरण गरेर तत्काल बैठक बस्ने भनिएता पनि २ सातासम्म पनि ठोस उपलब्धीमूलक रुपमा कार्यान्वयन हुन सकिरहेको छैन भने उनले ब्रोकर लाइसेन्सका विषयमा ल्याएका प्रस्तावहरू पनि मन्त्रालयमा थन्केर कार्यान्वय चरणमा जान सकेको छैन । समग्र उनको कार्यकाल र कार्यान्वयन समय अवधिलाई नियाल्दा कार्यान्वयन सुस्त भएको देख्न सकिन्छ ।
लगानीकर्ताहरूको तीव्र दवाव चाहनालाई उनले समय सापेक्ष रुपमा सम्बोधन गर्न नसकेको प्रत्यक्ष देख्न र बुझ्न सकिन्छ । लगानीकर्ताहरूको अभिभावकको रुपमा रहेको नेपाल धितोपत्र बोर्ड लागनीमैत्री वातावरण भित्र्याउन असफल भयो भने अध्यक्ष हमाल अक्षममात्रै होइन समग्र प्रणाली नै अक्षम हुनेछ र पूँजी बजारको भविष्य र गति पनि निरिह हुनेछ । जुन लगानीमैत्री वातावरणको लागि अनुत्पादक र निस्प्रभावित हुनेछ ।
जसको फलस्वरुप लगानीमैत्री वातावरणमा कमी आई लगानीकर्ता र उद्योगी व्यवसायीहरूमा झन् निराशा र लागनीमैत्री वातावरण विथोलिन जाने छ भने स्वदेशमा लगानीमैत्री वातावरण नभएपछि विदेशबाट आउने रेमिट्यान्समा पनि पूँजी बजारमा गरिने लगानी अनेत्र क्षेत्रमा जस्तै, हाईपर फण्ड, क्रिप्टोकरेन्सी, बिटक्वाइन्टजस्ता क्षेत्रमा लागनी भई स्वदेश भित्र्ने रेमिट्यान्स बाहिरी देशहरूमा नै लगानी हुनेछ ।
जसले गर्दा राज्यमा रेमिट्यान्स भित्र्न कमी भई डलर सञ्चितिलाई प्रभावित तुल्याउने छ । यी विभिन्न विषय वस्तुहरूले गर्दा पनि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई कुनै पनि हालतमा अक्षम र लागनीमैत्री वातावरण निर्माण गर्नका लागि अनुत्तदायी भूमिका निर्वाह गर्न कुनै पनि हालतमा उनलाई छुट छैन । किनभने नियामक निकायमा बसेको व्यक्ति अनुत्तदायी भइदिँदा समग्र प्रणालीलाई नै निस्कृय बनाइ दिन्छ ।