ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईका लागि आवेदन दिने आज

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईका लागि आवेदन दिने आज (साउन ४ गते) अन्तिम दिन हो । यो एक बन्दमुखी योजना हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

ग्लोबल आइएमई म्युचअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा छिटोमा असार २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। तर पर्याप्त आवेदन नपरेका कारण क्यापिटलले समय थप गरेको थियो।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स