सिभिल बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने

काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

बैंकले असार १६ गते बोर्डमा आवेदन दिएको थियो । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डले अनुपति प्रदान गरेपछि बैंकले ११ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर–२०८४’ निष्काशन तथा बिक्री खुला गर्नेछ । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ ।

बैंकले १ हजार अंकित मूल्यका कूल ५० लाख इकाइ निष्काशन गर्नेछ । जसमध्ये २० लाख इकाइ सर्वसाधारणका लागि र ३० लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स