काठमाडौं । कृषि विकास बैंकको आयोजनामा नेपालका हास्यव्यङ्गे कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थीतिमा समता शैक्षिक गुठीका संचालक श्री उत्तम संञ्जेललाई ५ लाखको चेक हस्तान्त्रण गरेको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैकको तर्फबाट उनींहरुको सुस्वास्थ्य तथा दिर्घायूको कामना सहितको सम्मान समेत गरेको थियो ।
सम्मानित हास्यव्यङ्ग कलाकारद्धयले कृषि विकास बैंकले गरिव किसान लगायत सबैंको बैंकको रुपमा आफूलाई चिनाउन सफल भएको भन्दै आगामी दिनमा पनि बैंकको थप प्रगतिका लागि शुभकामना व्यक्त गरे । कार्यक्रमका अध्यक्ष तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकले वर्तमान अवस्थामा पुर्याएका सेवाका बारेमा उल्लेख गर्दै राष्ट्रिय हास्यव्यङ्गे कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैंकको तर्फबाट सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे । आगामी दिनमा समता शैक्षिक गुठीलाई यस प्रकृतिका सहयोगहरु बैंकका फिल्ड स्थीत प्रदेश कार्यालहरुबाट समेत नियमानुसार उपलव्ध गर्न सकिने भन्दै समता शैक्षिक गठीले पुर्याएको योगदानको प्रसंशा गरे ।
सो कार्यक्रममा कृषि विकास बैंकका उप–महाप्रबन्धकज्यूहरु क्रमशः प्रताप सुवेदी , यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, प्रेम कुमार श्रेष्ठ, बाबुकाजी थापा, बैंक ब्राण्डएम्वेश्डरद्धय जितु नेपाल, आश्रा कुंबर, बैंकका विभागीय प्रमुखहरु, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बजार तथा शाखा संचालन विभागका विभागीय प्रमुख गिरिधारी पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन शाखा प्रमुख विनोद कोईरालाले गरेका थिए ।