एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, न्यूनतम ४० देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७७/०७८ को नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

नयाँ बोनसदरअुनसार कम्पनीको विभिन्न ५ बीमा योजनाका विभिन्न अवधिका बीमितहरुले प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

१. सावधिक तथा आजीवन बीमालेख
कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।जसमा १४ वर्षसम्मका लागि ५० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ६० रुपैयाँ र २५ देखि माथिका लागि ७५ रुपैयाँ बोनस पाउने भएका छन् ।

२. बालबालिकाको सावधिक जीवन बीमालेख
कम्पनीले बालबालिकाको सावधिक जीवन बीमालेखअन्तर्गत न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस निर्धारण गरेको छ । जसमा १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५३ रुपैयाँ र २५ देखि माथिका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

३. सावधिक जीवन बीमालेख
कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत न्युनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा बीमितहरुले १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६० रुपैयाँ बोनस पाउने भएका छन् ।

४. अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १० वर्षका लागि ५० रुपैयाँ, १२ वर्षका लागि ५०, १५ वर्षका लागि ५५, १८ वर्षका लागि ६०, २० वर्षका लागि ६५ र २५ वर्षका लागि ७० रुपैयाँसम्म बोनस उपलब्ध गराउने भएको छ ।

५. नवरत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ
कम्पनीले नवरत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ अन्तर्गत न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १४ वर्षका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ देखि माथिका लागि ६० रुपैयाँ बोनस पाउने भएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स