काठमाडौं । बुधबार छापावाला सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
मंगलबार, सुनको मूल्य ९१ हजार २ सय रूपैयाँ कायम भएकोमा आज भने २ सय रूपैयाँले घटेर ९१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदी प्रतितोला १२ सय ५ रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर ११ सय ९५ रूपैयाँ कायम भएको छ ।