एआईजी विश्वराज पोखरेलले राजीनामा दिए

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक  विश्वराज पोखरेलले पद त्याग गरेका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका हुन् ।

पछिल्लो समय सरकारले धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा रिट हालेका थिए । गत शुक्रबार सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि पोखरेलले राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदले एआईजीको राजीनामा स्वीकृत गर्नुपर्ने हुन्छ ।

पोखरेल विदामा बसेका थिए । पोखरेल विदामा बस्नुको कारण सरकारले सिंहलाई महानिरीक्षक बनाएर हो । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । पुनः विदा माग गरेपछि आईजीपी सिंहले भने स्वीकार गरेनन् ।

कार्यलय जनुभन्दा एआईजी पोखरेल कार्यालयले राजिनामा नै रोजे । विदा अस्विकृत भएको ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिएका हुन् । उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स