१८ अंकले बढ्यो नेप्से, दुई कम्पनीमा लाग्यो सर्किट, शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३१ लाख ४२ हजारको कित्ता सेयर १ अर्ब ३१ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ टे«डिङ, म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

त्यसैगरि, १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २७ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज वरुण हाइड्रोपावरमा ९.९८% र इमर्जिङ नेपालमा ९.६२ प्रतिशतको सर्किट लागेको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको ९ करोड ३४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख, अपि पावरको ५ करोड ८९ लाख, अपर तामाकोशीको ५ करोड ६२ लाख र गोर्खाज फाइनान्सको ४ करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स