काठमाडौं । सुदूरपश्चिमको डोटीको सिलगढीमा मध्यम वर्गीय परिवारमा जन्मेका हुन्, राईड सेयरिङ टुटलका सीईओ तथा संस्थापक शिक्षित भट्ट । सुदुरपश्चिम नेपालको विकट क्षेत्र, त्यसमा पनि डोटी विकट जिल्ला । आजभन्दा ३ दशक अघि डोटीमा शिक्षाका लागि राम्रो प्रबन्ध थिएन ।
‘त्यस बखत सुदूरपश्चिमा सडक थिए । मेरो घरसम्म सडक थिएन । प्लेन चढेर आउनुपथ्र्यो । हप्ताको एक २ चोटी फ्लाइट हुन्थ्यो,’ भट्टले भने, ‘अध्ययनका लागि भारतको नैनीताल वा काठमाडौं जानु पर्ने बाध्यता थियो । पढन त्यति सहज थिएन ।’
उनले आठ वर्षको उमेरसम्म गाउँकै स्कूलमा अध्ययन गरे । बुवा पनि गाउँमा शिक्षण पेशामा आवद्ध थिए । शिक्षाबाटै छोराको जीवन राम्रो बन्नेमा उनी आशावादी थिए । त्यसैले ८ वर्षको कलिलो उमेरमा शिक्षाका लागि जन्मथलो छोडेर काठमाडौं आए । आमा बुवाको चाहनाका पनि छोरो काठमाडौं गएर राम्रो अध्ययन गरोस् भन्ने थियो ।
काठमाडौंमा जग्गा जमिन तथा घर नभएका भट्ट २०४५ सालमा सानेमामा रहेको जेम्स बोडिङ (आवास सहितको स्कूल) मा भर्ना भए । जेम्म स्कूल २०४१ सालमा खुलेको थियो । गाउँबाट आएकाले अंग्रेजी राम्रो नजान्ने भएकाले पढाइ खासै राम्रो नभएको उनी बताउँछन् ।
विस्तारै पढाइ सुधार हुँदै गयो । अंग्रेजी पनि अलिअलि बोल्न थालिएको उनी स्मरण गर्छन् । उनले जेम्सबाटै एसएलसी उर्तिण गरे । पाइलट बन्ने रहर थियो । प्लेन भन्दा ओहो ओहो लाग्थ्यो । विविध कारणले पाइलट बन्न भने सकेनन् । पाइलट बन्न नसके पनि अहिले पनि प्लनेको बारेमा उनी एकदम रुची राख्छन् ।
विश्व निकेतन माध्यमिक विद्यालयबाट विज्ञान विषयमा । इन्टरमीडीएट (प्लसटू) सके । त्यस समयसम्म भट्ट औसत विद्यार्थी थिए । त्यसपछि भट्टले काठमाडौं विश्व विद्यालयबाट इलेक्ट्रोनिक्स एण्ड टेलिकम्युनिकेसनमा इन्जिनियरिङ गरे ।
विश्व निकेतन माध्यमिक विद्यालयबाट विज्ञान विषयमा । इन्टरमीडीएट (प्लसटू) सके । त्यस समयसम्म भट्ट औसत विद्यार्थी थिए । त्यसपछि भट्टले काठमाडौं विश्व विद्यालयबाट इलेक्ट्रोनिक्स एण्ड टेलिकम्युनिकेसनमा इन्जिनियरिङ गरे ।
सन् २००२ मा पहिलो निजी क्षेत्रको टेलिकमको रुपमा यूटीएलले लाइसेन्स पाएको थियो । नयाँ कम्पनी भएकाले यूटीएलमा टेलिकम इन्जिनियरको आवश्यकता थियो । यूटीएलमा टेलिकम इन्जिनियरको रुपमा उनको पहिलो जागिरे जीवन शुरु भयो ।
भट्टको टिम नै नेपालको पहिलो इन्जिनियर ब्याज हो जसले सीडीएम टेक्नोलोजी जडान गर्यो । अध्ययनकै विषय भएकाले टेलिकम्युनिकेसनको बारेमा धेरै जान्ने र सिक्ने अवसर प्राप्त भएको उनी बताउँछन् । यूटीएलमा उनले ७ वर्ष बिताए ।
एसीई इन्स्चिुट्यूसन अफ म्यानेजमेन्टबाट एक्जिक्यूटिभ एमबीए गरे । एमबीएमा भने भट्टले विश्वविद्यालय नै टप गरे ।
उनले नेपाल विद्याविभूषण र सन् २०१० मा प्रधानमन्त्रीको हातबाट चान्सर्लर मेडल पनि पाए । ‘काम गर्दै जाँदा एमबीए डिग्री नभए पनि हुन्थ्यो । एमबीए अध्ययन गरेर जीवनमा राम्रो उपलब्धि हासिल गर्छु भन्ने पनि थियो,’ भट्टले भने, ‘यो विषय अध्ययन गरे भने केही नयाँ सिक्छु भन्ने थियो ।’
आफ्नै लगाव र पूर्ण चाहनाले अध्ययन गरिएकाले विश्व विद्यालय टप भएको हुन सक्ने उनी बताउँछन् । इन्जिनियरिङ युवा अवस्थामा अध्ययन गरियो । जीवनमा केही बन्न पढ्नु पर्छ भन्ने बाध्यताका कारण इन्जिनियर पढेको हुँ,’ उनले भने ‘पढाइमा खासै लगाव थिएन ।’ व्यक्तिगत चाहना पूरा गर्न एमबीएको अध्ययन शुरु गरियो । टप गर्छु भनेर पढेको हैन । अध्ययन गर्ने क्रममा टप भइयो ।
एमबीए सकेपछि जीवनमा नयाँ लिने योजनामा थिए । त्यसका लागि उनले नेपाल इन्भेष्टमेन्ट बैंक र एनसेल (मेरो मोबाइल) मा पनि अन्तरवार्ता दिए । दुवैमा उनको नाम निस्कियो ।
एमबीए सकेपछि जीवनमा नयाँ लिने योजनामा थिए । त्यसका लागि उनले नेपाल इन्भेष्टमेन्ट बैंक र एनसेल (मेरो मोबाइल) मा पनि अन्तरवार्ता दिए । दुवैमा उनको नाम निस्कियो ।
एनसेलको तलव बैंकभन्दा राम्रो रहेको उनी बताउँछन् । टेलिकम्निकेसनको विद्यार्थी भएकाले स्वाभाविक रुपमा सबैको चाहना टेलिकम क्षेत्रमा काम गर्ने हुन्छ । तर उनी जोखिम लिन चहान्थे । टेलिकम सेक्टरमा पहिलै काम गरेका थिए । त्यसैले उनको रोजाइमा बैंक पर्यो ।
उनको बैंकर्स जीवन शुरु हुँदाको बखत नेपालमा डिजिटल वालेट बजारमा परीक्षणको क्रममा थियो । बैंकमा पनि उनले डिजिटल पेमेन्ट डिमार्टमेन्टमा काम गरे । बैंकमा साढे ४ वर्ष काम गरे । त्यो समय २, ३ पटक बढूवा समेत भएको उनले बताए । बैंकमा २००९ देखि २०१३ सम्म काम गरे ।
अब जागिर मात्रै गरेर हुँदैन केही गर्नुपर्छ भनेर सन् २०१३ मा बैंकको जागिर छोडे । दिमागमा धेरै आइडियाहरूले स्ट्राइक गरिरहेका थिए । तर कुनलाई अघि बढाउने भन्ने टुंगो थिएन । ८ महिना योजनामै बित्यो । शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगबाट केही गर्न सकिन्छ कि भन्नेमा उनी पुगे । टेवलेटको प्रयोग बढ्दो क्रममा थियो ।
ट्याबलेटमा आधिरित शिक्षा विकास गर्न सकिन्छ कि भनेर लाग्यो । सफ्टवेयरको प्रोटोटाइप बनाउन शुरु गरियो । १, २ स्कूलसँग सहकार्य गरेर अघि बढियो । तर भूकम्पपछि स्कुलहरूले यस प्रोजेक्टमा रुची देखाएन् । अन्त्यमा योजना फेल भयो ।
एउटा बसलाई ट्रयाक गर्न सक्दा अर्को बस पनि ट्रयाक गर्न सकिन्छ । ट्रयाक गर्न सकियो भने बुकिङ पनि गर्न सकिन्छ भन्ने थियो । तर, त्यो परियोजना पनि सफल हुन सकेन ।
उनले फेरी अर्को परियोजनामा काम गर्ने जमर्को कसे । मोबाइल टावरको प्रयोग गरेर कुनै एप बनाउन सकिन्छ कि जसले लोकल बसलाई ट्रयाक गर्न सकियोस् । त्यस समय साझा बस चर्चामा थियो । साझा बसलाई ट्रयाक गर्दा उपभोक्तालाई सहज हुन्छ भनेर एप बनाउन शुरु गरे । बस ट्रयाक गर्न सकियो भने सार्वजनिक यातायात प्रयोग गर्नेहरूलाई आफूलाई गन्तव्यसम्म पुर्याउने बस कहाँ छ । आफू जान चाहेको ठाउँ कति समयमा आइपुग्छ भन्ने जानकारी पाउने थिए । एउटा बसलाई ट्रयाक गर्न सक्दा अर्को बस पनि ट्रयाक गर्न सकिन्छ । ट्रयाक गर्न सकियो भने बुकिङ पनि गर्न सकिन्छ भन्ने थियो । तर, त्यो परियोजना पनि सफल हुन सकेन ।
टुटलको आईडीया एकै चोटी दिमागमा बत्ति बलेर आएको हैन । एउटा परियोजनाबाट सफलता प्राप्त नहुँदा त्यसपछि अर्को शुरु गर्दै गर्दा आएको हो ।
एउटाबाट सफल नभए अर्को गर्छु भन्दा आएको हो । विकास क्रममा बनेको हो । २०७२ को विनाशकारी भूकम्पले मुलुक थिलथिलो भएको अवस्थामा भारतको अघोषित नाकाबन्दीको कारण पेट्रोलियम पदार्थको चरम अभाव थियो ।
सार्वजनिक यातायातहरू पनि पूर्ण रुपमा सञ्चालन हुन सकेका थिएन् । मानिसहरुलाई यात्रा गर्न कठिनाइ थियो । यसमा केही निजी सवारी चालकहरूले राईड सेयरिङ गरिररहेका थिए । तर, त्यो व्यवस्थित थिएन । आफ्नो गन्तव्यसम्म मात्र राईड दिने गरिन्थ्यो । यसले बजारको सम्भावना देखाएको भट्ट बताउँछन् ।
राईड सेयरिङमा गर्न सकिन्छ कि भनेर प्रयास गरेको हो । यसमा सफलता मिल्यो । ‘राईड सेयरिङमा अझै धेरै गर्न सकिन्छ । पछिल्लो समय बजारमा धेरै प्रतिस्पर्धा छ,’ भट्टले भने, ‘हाम्रो उपलब्धी भनेका यो उद्योग शुरु गर्नु हो ।’
यो व्यवसायलाई आम उपभोक्तासम्म पुर्याउनु चुनौतिपूर्ण छ ।
‘अहिले हामी यसतर्फ केन्द्रित छौं,’ उनले भने ‘टूटलभन्दा पछि आएको कम्पनीले अहिले बजारमा राम्रो गरिरहेको छ । ती कम्पनीमा राम्रो लगानी छ । हाम्रो कम्पनीमा लगानीको समस्या भएर अहिले केही पछि परेका मात्र हौ ।’
नेपालमा लगानी र लगानी गर्ने वातावरण खासै राम्रो छैन । हामीले प्रोटोटाइ बनाएर यो चल्छ भनेर देखाएका हौं । त्यसलाई अघि बढाउन तथा व्यवसाय विस्तार गर्न लगानी आवश्यक पर्छ । नेपालमा त्यस किसिमको लगानीको वातावरण बनेको छैन , बन्ने क्रममा छ । यस्तो प्रविधिलाई आम्दानीको स्रोतको रुपमा लिइदैन । हाइड्रोपावर, बैंक, रियलस्टेटलाई लिइन्छ ।
नेपालमा लगानी र लगानी गर्ने वातावरण खासै राम्रो छैन । हामीले प्रोटोटाइ बनाएर यो चल्छ भनेर देखाएका हौं । त्यसलाई अघि बढाउन तथा व्यवसाय विस्तार गर्न लगानी आवश्यक पर्छ । नेपालमा त्यस किसिमको लगानीको वातावरण बनेको छैन । बन्ने क्रममा छ । यस्तो प्रविधिलाई आम्दानीको स्रोतको रुपमा लिइदैन । हाइड्रोपावर, बैंक, रियलस्टेटलाई लिइन्छ ।
नेपालीहरूको कम शिप छ भन्ने र यो चिज जान्दैन भन्दा पनि लगानी योग्य पुँजीको अभाव छ । नेपालमा विदेशीले लगानी गर्यो भने डिभिडेन्ड उनीहरूले लैजान्छन् । नेपालको कानुनमा रहेको केही कमजोरीले गर्दा विदेशी लगानी आउन सकिरहेको छैन ।
हाम्रो प्रतिस्पर्धा भारत, चीन र बंगलादेशसँग छ । हाम्रो कानुन पनि लगानीमैत्री नभएर ती मुलुकसँग प्रतिस्पर्धा गर्न नसकेका हौं । हाम्रो कमजोरीभन्दा पनि नेपालमा लगानीको वातावरण नभएर टुटलले आम उपभोक्ताको अपेक्षा अनुसार बजारमा राम्रो गर्न नसेको हो । यसका लागि काम गरिरहेका छौं । निकट भविष्यमा टुटलले आक्रमक रुपमा बजार विस्तार गर्ने लक्ष्य लिएको छ । यसका लागि उत्साहित भएको उनले बताए ।