काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ संक्रमित थपिएको हो । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९ हजार ३८ पुगेको छ ।
देशभर थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २० जनाको मृत्यु भएको छ ।