रोनाल्डो म्यानचेस्टर युनाइटेड क्लबमा २ वर्षको लागि अनुबन्धित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड क्लबमा २ वर्षको लागि सम्झौता गरेका छन् ।

उनलाई मंगलबार युनाइटेडले दुई वर्षका लागि अनुबन्ध गरेको जनाएको छ ।

रोनाल्डोले अब दुई वर्ष युनाइटेडका लागि खेल्ने छन् । त्यसपछि उनले चाहेमा सम्झौता थपगरि बाँकी वर्ष खेल्ने वा नखेल्ने उनको हातमा हुनेछ ।

उनले ओल्ड ट्राफोर्डमा खेल्नका लागि आफु धेरै उत्साहित रहेको बताएका छन् ।

यसअघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाइटेडबाट खेलेका थिए । उनले युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स