काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रोक लगाएको १० वस्तुको आयातमा पुनः प्रतिबन्ध लगाएको छ ।
मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशन गर्दै साउन १ गतेबाट लागू हुनेगरिआगामी भदौ १४ गतेसम्म विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । मन्त्रालयले वैशाख १३ गतेदेखि आयातमा लगाईएको प्रतिबन्धलाई परिमार्जन गर्ने प्रस्ताव गरेको हो ।
जसअनुसार अब १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० डलरभन्दा माथिल्लो मूल्यका मोबाइल आयात प्रतिबन्ध थप गरिएको छ ।
यसअघि २५० सीसीभन्दा माथिका मोटरसाइकल र ६०० डलर माथिको मोबाइल आयातमा रोक लगाइएको थियो ।
त्यस्तै,सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानको आयात प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ ।
साथै, कुकुरे, कुर्मुरे जस्ता खाद्य वस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, तयारी मदिरा, हिरा, ३ सय डलर माथिका मोबाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा लगाईएको प्रतिबन्धले निरन्तरता पाएको छ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/07/new-list.pdf” cache=”off”]