७ अंकले बढ्यो नेप्से, ७ कम्पनीमा लाग्यो सर्किट, अपर तामाकोसीको सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली कायम रहेको छ ।

शुक्रबार, नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४० लाख ५१ हजारको कित्ता सेयर १ अर्ब ४५ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिङ, डेभलपमेन्ट बैंक, माइक्रो फाइनान्स, लाइफ ईन्सोरेन्स, म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

त्यसैगरि, ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०४ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज नेपाल इन्भेष्टमेन्ट डिभेन्चर(२०८२) र माछापुच्छे« डिभेन्चर(२०८५) मा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, सानिमा बैंक डिभेन्चर (२०८५) ९.९८%, नबिल ब्यालेन्स फण्ड-३ ९.९१%, एनएआईसी एसिया डिभेन्चर (८२/८३) ९.८८%, याग्रीकलचर बैंक डिभेन्चर(२०८३) ९.८७%, आरबीबी म्यूचल फण्ड–१ मा ९.७० प्रतिशतको सर्किट लागेको छ ।

आज अपर तामाकोसी हाइड्रोपावरको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको १९ करोड ७२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।

त्यस्तै, एभरेष्ट बैंकको ६ करोड ९४ लाख, किसान लघुवित्तको ५ करोड ५८ लाख, हिमालयन डिस्टिलरीको ४ करोड ४८ लाख र अरुण काबेली पावरको ४ करोड ३३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स