अमेरिकी डलरको भाउ हालसम्मकै महँगो

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ हालसम्मकै महँगो बनेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनीमयदर अनुसार १ डलरको खरीददर १२७.५१ रुपैयाँ कायम भएको छ।

डलरको बिक्रीदर १२८.११ रुपैयाँ कायम भएको छ । यो हालसम्म कै उच्च भएको पहिलो पटक हो ।

पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगीएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स