कान्तिपुर टेलिभिजनले आईपीओ निष्कासन गर्ने

काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार साधारण सेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी आईपीओ जारी गर्न लागेको हो ।

बिहीबार कान्तिपुर टेलिभिजनले २० औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा चयन गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष कैलाश सिरोहिया र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।

काठमाडौंको तीनकुने सुविधानगरमा मुख्य कार्यालय रहेको कान्तिपुर टेलिभिजन नेटवर्क, नेपालको निजी क्षेत्रको लोकप्रिय टेलिभिजन स्टेशन हो । कान्तिपुर टेलिभिजनले आम सर्वसाधारणमा आफ्नो प्रविधि मार्फत निरन्तर रुपमा सूचना तथा जानकारी प्रदान गर्दै आइरहेको छ । हाल यस टेलिभिजनले हाइ डेफिनेसन प्रविधि (एचडी) लाई अवलम्बन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स