गुराँस लाइफद्धारा ३० लाख विमा रकम भुक्तानी

पोखरा। गुराँस लाइफ इन्स्योरेन्समा केहि वर्ष पहिले जीवन बिमा गर्दा प्राण घातक रोगको सुबिधा लिएका एक मुटु रोग लागेका विमितलाई कम्पनीले बिहिवार ३० लाख भुक्तानी गरेको छ ।

पोखरा(३०, पावर हाउस निवासी ३९ वर्षका मनप्रसाद थापामगर लाई पोखरा न्युरोड स्थित इन्स्योरेन्सको कार्यालयमा आयोजित एक कार्यक्रममा क्षेत्रिय कार्यालय पोखराका प्रमुख हरि शर्मा पौडेलले ३० लाखको चेक प्रदान गरेका छन् ।

सो अवसरमा यसप्रकारको सुविधा ५ लाख देखि ५० लाखसम्म मात्र लिन पाईने र कम्पनीले २० वटा रोगलाई प्राण घातक रोगमा समाबेस गरेको क्षेत्रिय कार्यलय पोखराका प्रमुख हरि शर्मा पौडेलले वताए ।

थापाले जिवन विमा गर्दा प्राण घातक रोगको लागि ३० लाखको विमा गरेको १ वर्ष पुरा भएर दोश्रो वर्ष लागेको विमा कम्पनीका बरिष्ठ क्षेत्रिय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सिनाले वताए ।

त्यसैगरी उक्त कार्यक्रममा कम्पनीका मार्केटिङ अधिकृत प्रकाश रेग्मी, सिनियर एजेन्सी मेनेजर कृष्ण भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर बाबुराम लामिछाने, एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी लिडर शरण पन्त, एजेन्सी मेनेजर गणेश कुमार श्रेष्ठ, लिडर सिता कुमाल, लिडर भोलानाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स