भारतीय दूतावासद्वारा नेपाल सरकारलाई विपद् राहत सामग्री हस्तान्तरण

काठमाडौं । भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरे । राहत सामग्रीमा ३००० वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा रहेका छन् ।

हरेक वर्ष भारी वर्षाका कारण हुने डुबानले नेपालका विभिन्न भागमा ठूलो विनाश र क्षति हुने गरेको छ । मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई कायम राख्दै नेपाल सरकारले राहत सामग्रीका लागि गरेको अनुरोध बमोजिम दूतावासले राहत सामग्री उपलब्ध गराएको हो ।

नेपाली जनता र नेपाल सरकारलाई विपद् न्युनीकरण प्रयासमा सहयोग गर्न मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउने यो पहल नेपाल र भारतबीचको विकास साझेदारीको आधारको रुपमा रहेको छ । यसले भारत र नेपालका जनताबीचको भावनात्मक सम्बन्धलाई उजागर गरेको छ ।

कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले राहत सामाग्री बेलैमा उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरे । वनले सम्बन्धित निकायले राहत सामाग्रीको उचित प्रयोग एवम् समयमै वितरण गरी त्यसको अधिकतम लाभलाई सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताए ।

समयमै राहत सामग्री उपलब्ध गराइदिएकोमा गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो र नेपालमा भारत सरकारको सहयोगमा सञ्चालित विकास परियोजनाको सराहना गर्नुभयो ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ । यी राहत सामग्रीको हस्तान्तरणलेआफ्ना जनताको उत्थानका लागि नेपाल सरकारले चालेको प्रयासलाई थप बलियो बनाउन भारत सरकारको निरन्तर सहयोग रहने कुरालाई प्रतिबिम्बित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स