नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मिथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको गरि कुल ९ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, मिथिला लघुवित्तको २५ प्रतिशतले हुन आउने ३ लाख ४० हजार ८ सय ७४.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशतले हुन आउने ६ लाख २ हजार २ सय २.६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स