काठमाडौं । साताको पाचौं दिन सेयर बजारमा हरियाली कायम रहेको छ ।
बिहीबार, नेप्से परिसूचक १४.७१ अंकले बढेर २००१.५३ अंक विन्दुमा आइपुगेको छ ।
आज ६२ लाख १० हजारको कित्ता सेयर २ अर्ब ४१ करोड १८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।
त्यसैगरि, ११६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५५ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
आज एनआईबिएल प्रगती फण्डको सेयरमा ९.९८ प्रतिशतको सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोडमाथि सेयर कारोबार भएको छ ।
त्यसैगरि, अपर तामाकोशी, एशियन लाइफ, शिवम् सिमेन्ट्स, हिमालयन डिष्टिलरी, स्टान्डर्ड च्याटर्र बैंक, नेपाल एसबिआई बैंक, ग्रामीण विकास बैंक, अरुण काबेली र नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।