सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने, भयो सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

दुवै कम्पनीबीच १००ः८० को रेसियोमा मर्जरमा जाने सहमति भएको हो । उक्त सहमति पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट सञ्चालक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

मर्जरपछि सिईओ चंकी क्षेत्री बन्नेछन् भने अध्यक्ष लुम्बिनी जनरल इन्स्योरेन्सको हुने छन् । दुवै कम्पनी मर्जरमा जाने भएपछि ३० गतेबाट सेयर कारोबार रोक्का भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स