सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर जानका लागि भयो सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर जाने सहमति भएको छ । यी दुई इन्स्योरेन्स कम्पनीबीच समान हैसियतमा मर्जर गर्ने सहमति भएको हो । यी दुई इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जर जाने सहमति पत्रमा आज बुधबार हस्ताक्षर गरेका हुन् । होटल मेरियटमा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले उक्त एमओयूपत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरपछि पनि कम्पनीको नाम सानिमा जनरल इन्स्योरेन्स रहने सहमति भएको छ । मर्जर पछिको कम्पनीको अध्यक्षमा जनरलका कुनाल कयाल रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय रहने छन् । मर्जर यी दुबै कम्पनीका चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) सम्पत्ति र दायित्वको विस्तृत मूल्यांकन (डीडीए) पछि तय हुने गरी हालको लागि मर्जर सम्झौता गर्ने तयारी भइरहेको छ । बीमा समितिले यहि वैशाखमा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट बढाएर साढे २ अर्ब र निर्जीवन बीमा कम्पनीका चुक्ता २ दुई अर्बबाट बढाएर ५ अर्ब पुयाउने निर्णय गरेको थियो । उक्त पुँजी वृद्धिको लागि २०७९ चैत मसान्तसम्म्को समय दिएको छ ।

पुँजीवृद्धिमा दवाव परेका बीमा कम्पनीहरूले धमाधम आफू सुहाउँदो पाटर्नर खोजेर मर्जरमा जाने सम्झौता गर्न थालेका हुन् । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले यसअघि नै मर्जर सम्झौता गरेर बीमा समितिबाट स्वीकृति पनि पाइसकेका छन् । दुई कम्पनीबीच साउन १ गते एकिकृत कारोबार हुँदैछ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स