लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ९.५ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आज (असार २९) गते १७औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पूंजी १ अर्ब २५ करोडबाट वृद्धि गरी ३ अर्ब कायम गर्ने, चुक्ता पूंजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस सेयर वितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ सञ्चालक पदमा विश्व राज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी विकास बैंक लि.) निर्बिरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतबाट गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स