हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने, समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धमा दुई बैंकले बुधबार एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा हिमालयन बैंकको तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

हिमालयन बैंकको एक सय कित्ता बराबर सिभिल बैंकको ८१ कित्ता अर्थात १००ः८१ को स्वाप रेसियोमा मर्जर जाने सहमति भएको हो । स्वाप रेसियोमा हिमालयन बैंक पछाडि फर्केपछि एक्विजेशनको कुरा मिलेको हो ।

मर्जपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ । सञ्चालक समिति पनि हिमालयन बैंकको सञ्चालक समितिले हाललाई निरन्तरता पाउने छन् ।

मर्जपछि हिमालयन बैंककै सीईओ बैकका अशोक शमशेर राणा नै सीईओ बन्ने छन् भने सिभिल बैंकका सिईओ सुनिल पोखरेललाई बरिष्ठ डेपुटी सिईओ बनाउने समझदारी बनेको छ । दुबै बैंकका कर्मचारीहरु समान हैसियतमा रहनेछन् ।

त्यस्तै, प्राप्तिपश्चात नयाँ बन्ने हिमालयन बैंकको कुल चुक्ता पुँजी २० अर्ब ३० करोड २१ लाख ५९ हजार रुपैयाँ हुने देखिएको छ ।

१००ः८१ को स्वाप रेसियोमा गाभिन लागेको सिभिल बैंकको हालको कुल चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ छ भने हिमालयन बैंकको १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स