नेप्सेमा दोर्दी खोला जलविद्युतको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोर्दी खोला जलविद्युत कम्पनीको सेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर सूचीकृत भएसंगै भोली (बिहिबार)बाट नेप्सेमा कम्पनीको कारोबार सुचारु हुने छ ।

कम्पनीको सेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

कम्पनीको सेयर (DORDI) सिम्बलबाट कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स