काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
सोमबार, सुनको मूल्य ९१ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज भने ४ सय रूपैयाँले घटेर ९१ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
साथै, सोमबार चाँदी प्रतितोला १२ सय १० रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले घटेर १२ सय ५ रूपैयाँ कायम भएको छ ।