५९ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार, यी कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ अंक विन्दुमा आइपुगेको छ ।

आज ५७ लाख ८७ हजारको कित्ता सेयर २ अर्ब ४ करोड ४४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

त्यसैगरि, १८२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५ वटा कम्पनीको घटेको छ ।

आज नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सिईडिबी हाइड्रोपावर ९.९०%, कर्पोरेर्ट डेभलपमेन्ट बैंक ९.८२%, सिटिजन म्युचुअल फन्ड २ ९.७६%, नबिल ब्यालेन्स फन्ड २ ९.४७%, कुमारी इक्विटी फन्ड ९.४१%, ग्रिन डेभलपमेन्ट बैंक ९.३०%, माउन्टोन हाईड्रो ९.२७% र ग्रिन लाइफ हाईड्रोका ९.२०% सर्किट लागेको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ९ करोड २ लाख र एनआईसी एशिया बैंक ८ करोड ३३ लाख माथिको कारोबार भएको छ। आज यी दुवे कम्पनीको सर्वाधिक कारोबार भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स