वाणिज्य बैंकहरुले साउन महिनामा ब्याजदर नबढाउने

काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनामा ब्याजदर नबढाउने भएका छन् ।

नेपाल बैंकर्स संघको बैठकले विगत ४ महिनायता यथावत रहेको ११.०३ प्रतिशत ब्याजदरलाई असार महिनामा पनि कायमै राख्ने सहमति गरेको हो ।

फागुन महिनाको लागि ब्याज बढाएका बैंकहरुले त्यस यता चैत्र, बैशाख, जेठ र असारको लागि ब्याजदर स्थिर राखेका थिए । अब साउनमा पनि ब्याज नबढ्ने भएको हो ।

ब्याजदर बढाउँदा थप निक्षेप नबढ्ने निश्कर्ष निकाल्दै साउन महिनामा पनि पुरानौ दर कायम गरिने सहमति भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा पटक पटक ब्याजदर बढ्नु पर्ने भनेपनि बैंकरहरुले भने नबढाउने निर्णय गरेका हुन् । तरलता अभावको अहिलेको अवस्थामा निक्षेपको ब्याजदर बढाउँदा अस्थिरता सिर्जना हुने बैंकर्सहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स