काठमाडौं । बुधबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९४ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ११ सय ७० रूपैयाँ कायम भएको छ ।