आज हिमालयन बैंक र सिभिल बैंकबीच मर्जर सम्झौता हुने, सिभिलको सयेर प्रति कित्ता ८१ रुपैयाँ

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जाने सहमति जुटेको छ । मंगलबार राति दुबै बैंकबीच मर्जरमा जाने सहमति बनेको हो । हिमालयन बैंकको एक सय कित्ता बराबर सिभिल बैंकको ८१ कित्ता अर्थात १००ः८१ को स्वाप रेसियोमा मर्जर जाने सहमति सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले जानकारी दिए । मर्जरमा जाने सहमति जुटेपछि आज यी दुई बैंकबीच मर्जर सहमति पत्रमा हस्ताक्षर हुने भएको छ । स्वाप रेसियोमा हिमालयन बैंक पछाडि फर्केपछि एक्विजेशनको कुरा मिलेको हो ।

मर्जरपछि बन्ने बैंकमा हिमालयनकै सबै सञ्चालक कायम रहनेछन् । बैंकको नाम हिमालयन बैंक नै रहनेछ । हिमालयन बैंककै सीईओ बैकका अशोक शमशेर राणा नै सीईओ बन्ने छन् भने सिभिल बैंकका सिईओ सुनिल पोखरेललाई बरिष्ठ डेपुटी सिईओ बनाउने समझदारी बनेको छ । दुबै बैंकका कर्मचारीहरु समान हैसियतमा रहनेछन् ।

गत शुक्रबार मर्जर नै सम्झौता हुने भनिएपनि अन्तिममा हिमालयनले नयाँ शर्त अघि सारेपछि सिभिल बैंक प्राप्ति प्रकृयाबाट पछाडि हटेको थियो। सिभिल बैंकको मर्जर कमिटी बैठकले तीन वटा विषयमा लिखित र प्रष्ट सम्झौता नभएसम्म हिमालयनसँग प्राप्तिमा नजाने अडान लिएको थियो । कर्मचारीहरुको समायोजन दुवै बैंकबीच बराबरीको हैसियतमा हुने गरी सहमति जुटेको हो ।

हिमालय बैंकलाई राष्ट्र बैंकले असारभित्र मर्जरमा नगए यसअघि दिइएको सुविधा खोस्ने मौखिक निर्देशन दिएको थियो । मर्जरको प्रेसरमा रहेका हिमालयन बैंकले यसअघि सिभिलको प्रतित्तिा सेयरका लागि ३५ रुपैयाँ मात्रै दिएको हिमालयन बैंकले पछि इन्भेष्टमेन्टसँग मर्जर टुटेपछि सो स्वाप रेसियोमा बार्गेनिङ गरेको हो । पछिल्लो समय सिभिल बैंकको वित्तिय विवरण बलियो बन्दै गएको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स