२० वर्षमा अफगानिस्तानबाट अमेरिकी सेना फर्कियो

काठमाडौं । २० वर्षपछि अफगानिस्तानबाट अमेरिका सेना फर्किएको छ । अमेरिकाले अफगानिस्तानमा आफ्नो सैन्य उपस्थिति औपचारिक रूपमै टुंग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल फ्र्यांक म्याककेन्जीले सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा काबुलबाट फर्किएको जानकारी दिए ।

अमेरिकी सैन्य जहाज इटालीको सिगोनेला हवाई अड्डामा अवतरण गर्दै उनले भने, ‘म यहाँ अफगानिस्तानबाट हाम्रो घरफिर्ती अभियान र अफगानिस्तानबाट अमेरिकीसहित तेस्रो मुलुक र जोखिममा रहेका अफगानी नागरिकको सैन्य उद्धार सकिएको घोषणा गर्न उपस्थित भएको हुँ ।’

उनका अनुसार अमेरिकी सेनाको अन्तिम जहाज सी–१७ काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार दिउँसो ३ बजेर २९ मिनेट जाँदा उडेको थियो । उनले भने, ‘यो उडानसँगै धेरै पीडादायी क्षण पनि छन् ।’ हामीले चाहेका सबैलाई ल्याउन सकेनौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स