काठमाडौं । रियलमी ब्राण्डले नेपालमा रियलमी सी२० र रियलमी सी२१ सार्वजनिक गरेको छ । रियलमी सी२० र सी२१ अगस्ट २९ देखि दराज अनलाइनबाट प्रि-बुकिङ गर्न सकिन्छ र सेप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुनेछ ।
रियलमी सी२० २ जीबी र्याम र ३२ जीबी स्टोरेजको मूल्य १२ हजार ८४९ रुपैयाँ र रियलमी सी२१ ४ जीबी र्याम र ६४ जीबी स्टोरेजको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
युवाहरुलाई आकर्षित गर्ने रियलमी सी सिरिजमा शक्तिशाली ब्याट्री, अल्ट्रा लार्ज डिस्प्ले, उच्च गुणस्तर र सुन्दर डिजाइनका साथ उपलब्ध इन्ट्री लेभल स्मार्टफोन हो ।
रियलमी सी२० मा ६.५ इन्चको ठूलो डिस्प्ले, सुपर पावर सेभिङ मोड भएको ५००० एमएएच ब्याट्री, जियोमेट्रिक आर्ट डिजाइन, मिडियाटेक हेलिगो जी३५ प्रोसेसर र २ प्लस १ सिम स्लटको साथै २५६ जीबीसम्म बढाउन सक्ने माइक्रोएसडी रहेको छ ।
यसैगरी, टीयूभी रेनल्याण्ड हाई रिलाइएबिलिटी सर्टिफिकेट पाउने रियलमी सी२१ विश्वकै पहिलो स्मार्टफोन भएको कम्पनीको दावी छ । युवा प्रयोगकर्ताहरुलाई आकर्षण गराउने यस स्मार्टफोनमा सुपर नाइटस्केप भएको एआई ट्रिपल क्यामरा, ६.५ इन्च एचडी प्लस मिनी ड्रप फूल स्क्रिन, ओक्टा–कोर १२ एनएम २.३ गिगाहर्ज प्रोसेसर र ५००० एमएएच ब्याट्री छ ।
रियलमी सी११ ८ को मूल्यमा कटौती र रियलमी ८ नयाँ भेरियन्टमा
रियलमी सी११ ८ को मूल्यमा कटौती गरिएको छ भने रियलमी ८ नयाँ भेरियन्टमा उपलब्ध छ । रियलमी सी २०११ को मूल्य ११ हजार ९९९ रुपैयाँ र रियलमी ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २७ हजार १९९ रुपैयाँ तोकिएको छ ।
युवा लक्षित रियलमी सी११ आकर्षक ब्याट्री सहित उलब्ध छ । यसमा ६.५ इन्चको ठूलो डिस्प्ले ५००० एमएएच ब्याट्री, जियोमेट्रिक आर्ट डिजाइन, ओक्टा–कोर पावरफूल प्रोसेसर रहेको छ ।