काठमाडौं । आज जुलाई १२ अर्थात नबिल स्थापना दिवस । आजबाट नबिल बैंक स्थापना भएको ३७ वर्ष पुगरे ३८ वर्षमा प्रवेश गरेको छ । नेपालको प्रतिष्ठित व्यवसायी घराना चौधरी ग्रुपद्वारा प्रवद्र्धित नबिल बैंक नेपालको स्थापित र उत्कृष्ट बैंक तथा वित्तीय संस्थामध्ये सर्वोउत्कृट बैंक हो, नबिल बैंक । व्यवसाय विस्तारमा आक्रमक तथा लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बैंकको रुपमा नबिल बैंक स्थापित भएको छ । लामो समयदेखि नबिल सर्वाधिक नाफा कमाउने बैंक मध्येमा शीर्ष स्थानमा रहँदै आएको छ ।

व्यवसायिक तथा अनुभवी व्यवस्थापन र स्मार्ट तथा मेहिनेती कर्मचारीका कारण नबिल बैंक अहिलेको मुकाम हासिल गर्न सफल भएको हो । बैंकमाडलर अर्बपति व्यवसायी विनोद चौधरी प्रमुख लगानीकर्ताका रुपमा रहेका छन् । बंगलादेश बैंक प्राप्ती पछि बैंकमा उनको लगानी अझ बढ्ने भएको छ । अनुभवी नेतृत्व र प्रतिष्ठित घरानाको लगानीले गर्दा पनि ग्राहक तथा लगानीकर्ताको रोजाइमा नबिल बैंक पर्दै आइरहेको हो ।

त्यतिमात्रै होइन नबिल र नेपाल बंगलादेश बैंकबीच प्राप्तीको सहमति भई हिजो सोमबारदेखि एकीकृत कारोबार सुरु भएदेखि नबिल बैंक नेपाल कै सबैभन्दा ठूलो क्यापिटल फन्ट भएको बैंक बनेको छ । बैंकले ५० अर्बको क्यापिटल फन्ट बनाएको छ ।
शक्तिशाली बैंक र दिगो बैकिङ सेवा प्रदान गर्न नबिल र बंगलादेश बैंकलाई प्राप्ती गरेको हो । बैंकको चुक्ता पुँजी २२ अर्ब ६४ करोड ४२ लाख रुपैयाँभन्दा बढी हुनेछ ।

नबिल बैंकको व्यवसायी यात्रा
२०४१ सालमा विदेशी लगानीमा निजी क्षेत्रबाट पहिलो पटक स्थापना भएको अरब बैंकको नयाँ स्वरुप नै नबिल बैंक हो । बैँककोे मुख्य उद्देश्य अन्तर्राष्ट्रिय व्यवसायको साथसाथै विभिन्न क्षेत्र दिगो र विश्वासिलो बैंकिङ सुविधा बढाउनु हो । आज भन्दा ३८ वर्ष अघि पहिलो ज्वाइन्ट भेन्चर र कम्प्युटराइज बैंकको रुपमा स्थापना भएको यस बैंकले व्यवसायिक यात्राको थालनी ५ वर्ष पछि एनएबीएसवाईएस बैंकिङ सफ्टवेयरमा आधारित सेवाबाट सुरु गरेको थियो । नबिल नै पहिलो बैंक हो, जसले सन् १९९० मा मास्टरकार्डको म्यानुअल इम्प्रिन्टर (जिप–ज्याप) मेसिन सुरु गर्यो ।

सन् १९९२ मा बैंकले मास्टर कार्ड क्रेडिड कार्डको सुरुवात गरेको थियो । त्यसको अर्को वर्ष पछि बैंक भिसा कार्डमा गएको हो । बैंकले सन् १९९५ देखि नै एमटीएम प्रयोगमा ल्याएको छ । त्यसको लगत्तै सन् १९९७ मा बैंकले पीसीओ मेसिन र भिसा क्रेडिड कार्ड जारी गर्यो ।

बैंकले स्वफ्ट सर्भिस भने सन् १९९८ मा सुरु भएको हो । सन् २००३ मा फिनाकल कोर बैंकिङ, इन्टरनेट बैंकिङ र एबीबीएस सर्भिस सुरु गरेको थियो ।

सन् २००५ मा भिसा डेभिड कार्ड (इलेक्ट्रोन) जारी भयो । जसले डेभिड कार्ड प्रयोगकर्तालाई सहज बनायो । सन् २०११ मा बैंकले अनलाइन खाता खोल्ने प्रणलाीको विकास गर्यो र यूनियन पे अन्तर्राष्ट्रिय सेवा एटीएम र पीओएसबाट प्रदान गर्ने पहिलो बैंक बन्न सफल भयो ।

साथै, सन् २०१२ मा थ्रीडी (सुरक्षित इ–कमर्स) लागू गर्ने पहिलो बैंक बन्यो । बैंकको मोबाइल एपको प्रयोग सन् २०१३ बाट गर्दै आएको छ । सन् २०१४ मा बैंकबाट जारी सम्पूर्ण कार्ड प्रतिस्थापन गरेर ईएमभी कार्डहरू जारी गरियो र इन्टरनेट बैंकिङमा २ एफए (मोवीटोकन) सेवा लागू गरियो ।

सन् २०१५ मा अनलाइन कर्पोरेट भुक्तानी सेवाको सुरुवात भयो । सन् २०१७ मा इ–कमर्श प्राप्ति (भुक्तानी गेटवे) र नबिल भाइबर बैंकिङको शुभारम्भ गरियो ।

सन् २०१८ मा एनएफसी कन्ट्याक्टलेस कार्ड जारी गर्ने र युनियन पे इन्टरनेशनल क्यूआर सेवा प्रदान गर्ने पहिलो बैंक बन्न नबिल सफल भयो । सन् २०१९ मा फेसबुक प्लेटफर्मबाट च्याटबो ‘नबिना’ को शुभारम्भ, ७ दिन २४ घण्टा ग्राहक सेवा केन्द्र सुरु र एनएफसी कन्ट्याक्टलेस पीओएस मेसिन प्रयोगमा ल्याइयो ।

सन् २०२० मा बैंकको ३६ औं वार्षिकोत्सवको अवसरमा ‘नबिल डीजीबैंक’ स्थापनाको घोषणा, फोनबाट कर्जा स्वीकृत गर्ने पहिलो बैंक बन्यो, शाखा काउन्टरहरूमा क्यूआर मार्फत् ‘स्क्यान र विथडङ’ सेवा प्रयोगमा ल्याइयो र हरियो पिन प्रयोगमा ल्याइयो ।

बैंकले सन् २०२१ मा ६ वटा नयाँ सेवाहरू सुरुवात गर्यो । जस अन्तर्गत नबिल स्मार्ट बैंक एममा कार्डहरू एकीकृत गर्ने पहिलो बैंक बन्न सफल भयो । नबिल नगद मेसिन (एनसीएम) प्रयोगमा ल्याइयो । कोर बैंकिङ प्रणाली फिनाकललाई १०.२५ मा स्तरोन्नति गरियो ।

त्यसरी नै नबिल डीडी बैंक पोटर्ल सार्वजनिक गरियो । अनलाइनबाटै ग्राहक पहिचान गरी खाता खोल्न सकिने सेवाको सुरुवात भयोे । भर्चुअल आईकार्ड जारी गर्न समेत नबिलले थालनी गरिसेकको छ ।

हरेक क्षेत्रमा अब्बल बन्ने योजना

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नबिल बैंक लाई निकटम प्रतिस्पर्धी संस्थाले केही सूचकमा पछि पारेको छ । विगतमा निकटम प्रतिस्पर्धीलाई नबिले अधिकतम सूचकमा पछि पार्दै आइरहेको थियो । तर, चालु आवमा नबिलभन्दा उसका प्रतिस्पर्धी संस्था केही अघि देखिएका छन् ।

नबिल नेपाल बंगलादेश बैंकलाई आफूसँग विलय गरेर आफ्ना प्रतिस्पर्धीलाई उछिन्ने योजनामा छ । गत आर्थिक वर्षसम्म नाफाको आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको थियो । तर, चालु आर्थिक वर्षको दोस्रो त्रैमास आइ पुग्दा नाफाको आधारमा नबिल बैंकको स्थान तेस्रो रहेको छ । गत आवमा नबिल बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । चालु आवको वैशाखसम्म नबिल बैंकको नाफा ३ अर्ब ८२ करोड लाख रुपैयाँ नाफा कमाएर बढी नाफा कमाउने दोस्रो ठूलो बैंक बनेको छ । यो अवधिमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमााएको छ ।

कुल सम्पतीको आधारमा पनि नबिल बैंक तेस्रो स्थानमा रहेको छ । बैंकसँग ३ खर्ब ४ अर्ब ३१ करोड कुल सम्पत्ति छ । नबिलले प्राप्ती गर्न लागेको नेपाल बंगलादेश बैंक १ खर्ब ५ अर्ब ७९ करोड रुपैयाँ सम्पत्रि सहित बैंकहरूमध्ये धनी हो ।

उपेन्द्र पौड्याल मार्ग निर्देशन
नबिल बैंकमा स्थापित बैंकर उपेन्द्र प्रसाद पौड्याल दोस्रो कार्यकालको लागि अध्यक्ष भएका छन् । सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण भूमिका निभाउँदै आएको बैंकमा उनको प्रवेशसँगै यस्ता कार्य गर्न थप प्रोत्साहन मिलेको छ । काठमाडौंको गौशालामा जन्मेका पौड्यालले साढे तीन दशकभन्दा बढी समय बैकिङ क्षेत्रमा विताइसकेका छन् ।

उनी जोडिएपछि नबिलले पनि यस्तै सामाजिक उत्तरदायित्वसम्बन्धी राम्रा उपलब्धीमूलक काम गर्दै आएको छ । उनी कै मार्गदर्शनमा नबिल बैंकले मानिस, समाज र वातावरणलाई असर पुर्याउने क्षेत्रमा लागनी नगर्ने त्यसको सट्टा समाजमा सामाजिक उत्तरदायित्व वहन गर्ने तथा पर्यावरणलाई जोगाएर उद्यम व्यवसाय गर्ने इन्टरप्रेनर जन्माउन उद्देश्यका साथ सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ ।

बैंकले समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दिर्घकालीन समाधान गर्ने विश्वास लिइएको छ । नबिलले अब कहिले पनि मानव तथा प्रकृतिलाई प्रतिकूल असर पर्ने वस्तु तथा क्षेत्रमा लगानी नगर्ने अठोट गरेको छ ।

सीईओमा ज्ञानेन्द्र ढुंगानाको बागडोरमा बैंक
देशकै अग्रणी बैंक नबिल बैंकको बागडोर असार १७ गते शुक्रबारदेखि पायोनियर बैकर ज्ञानेन्द्र ढुंगानाले सम्हालेका छन् । नेपाल बंगलादेश देश बैंकलाई नबिलले प्राप्ती गर्ने विषयमा महत्वपूर्ण भूमिका खेलेका उनले नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृत ढुंगानले नबिललाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ । तेह्रथुममा जन्मे हुर्केका उनले तीन दशक बैकिङ क्षेत्रमा बिताइसकेका छन् ।

उनी यसभन्दा अघि नेपाल बंगलादेश बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । गत जेठ ७ गते सम्पन्न नबिल बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको सीईओ नियुक्त गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकका सीईओ अनिल केशरी शाहको कार्यकाल असार १६ गतेबाट सकिएको हो । शाह असार पहिलो साताबाट नै विदा बसिसकेका थिए । असार १२ गते उनको कुलिङ पिरियड सकिएको हो । सो लगत्तै असार १७ बाट जिम्मेवारी सम्हाल्ने गरी उनी नबिलको सीईओ नियुक्त भएका हुन् ।

नबिलसँग गाभिएको नेपाल बंगलादेश बैंक (एनबी) मा उनले एक दशक व्यवस्थापकीय नेतृत्व सम्हालेका थिए । उनी एक पायोनियर बैंकरको रुपमा परिचित छन् । उनी वित्तीय क्षेत्रका अनुभवी र ऊर्जाशील मानिन्छन्।

नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएका उनले निजी क्षेत्रको बैंकबाट दोस्रो इनिङ सुरु गरेका थिए । नबिल बैंक ढुंगानाको चौस्रो इनिङ हो । राष्ट्र बैंकको निर्देशकको पद छाडेका उनले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको महाप्रबन्धकमा नियुक्त भए । त्यहाँ एक वर्ष ’सेकेन्ड म्यान’ को जिम्मेवारी सम्हालेपछि नेपाल बंगलादेश (एनबी) बैंकमा प्रमुख कार्यकारी अधिकृत बनेर भित्रिएका थिए ।

सीईओ ढुंगानाले बैंकलाई अझ उचाइ पुर्याएर आम नागरिकको रोजाइको बैंक बनाउने बताए । ‘बलियो सिष्टम र सवल टिमले बैंकलाई अझ बढी स्थापित र सामाजिक उत्तरदायित्व पुरा गर्ने दिगो बैकिङ सेवा सुविधा उपलब्ध गराउने बैंक बनाउने अठोट गरेका छन् ।

 

 

 

हेडलाइन्स