हिमालयन हाइड्रोपावर १ लाख ८३ हजार ४७ जनाले पाए सेयर, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान सेयर बाँडफाँट गरेको हो।

योग्य रहेका १५ लाख ९३ हजार ७ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइ सेयर बाँडफाँट गरिएको छ । आवेदकमध्ये १ लाख ८३ हजार ४७ जनाले सेयर पाएका छन् । २ जनाले ११ कित्ता सेयर पाएका छन् भने अन्यले १० कित्ता शेयर पाएका छन् ।

हिमालयन हाइड्रोपावरको आईपीओमा कुल १५ लाख ९५ हजार ५ सय ५४ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७ सय ५८ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले असार १५ देखि असार १९ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता सेयर निष्काशन गरेको हो । जस मध्ये ९८ हजार ४ सय १३ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको थियो । बाँकी ३९ हजार ३ सय ६५ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो । बाँकि रहेको १८ लाख ३० हजार ४ सय ७२ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

कम्पनीले स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्रि नभएको ६ लाख १८ हजार २ सय ५० कित्ता सेयर पनि सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।जस अनुसार बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com,  सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र हिमालयन हाइड्रो कम्पनीको वेबसाइट https://hhpl.com.np/ बाट हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स