निर्वाण चौधरीसँग ग्लोकल २० अन्डर २० को अन्तरकृया सम्पन्न

काठमाडौं । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको सातौं संस्करणमा छानिएका उत्कृष्ट किशोरकिशोरीहरुका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला समापन भएको छ ।

देशभरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन यस बर्ष ग्लोकल टीन हिरो नेपाल २०२१ को मुख्य साझेदारको रूपमा वाई वाई, जोडीएको छ । यसै अन्तर्गत आज किशोरकिशोरीहरुले सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग अन्तरकृया गर्ने मौका प्राप्त गरेका थिए ।

उनले आफुलाई किशोरकिशोरीहरुबाट प्रेरणा मिलेको र सधैंव उनीहरुको कार्यमा सहयोग गर्ने कुरा बताए । यिनै प्रतिभावना किशोरकिशोरीहरुसँग अन्तरकृया गर्न पाउदा गौरब महसुस भएको पनि बताए । हाम्रो समाज र देश को सुधारको लागी युवाहरुको योगदान अपरिहार्य रहेको उनले बताए ।

सबैको आफ्नो जीवनमा उद्देश्य हुन्छ । र, एक आफ्नो लक्ष्य पुरा गर्नका लागि निरन्तर मेहेनत एवम लगनशीलता महत्वपूर्ण हुने कुरा उनले बताए । अहिलेको समयमा साझेदारी एवम सहकार्य जरुरी भएको कुरा विश्लेषन गर्दै आफ्नो सपनालाई पुरा गर्न एवम अगाडि बढ्न प्रोत्साहन गरे । उनले किशोरकिशोरीहरुलाई राम्रो नेटवर्कि निर्माण गर्न प्रेरित गरे ।

तपाइँको नेटवर्क तपाइँको नेट वर्थ हो, ‘एक उद्दारण लाई जोड्दै उनले किशोरकिशोरीहरुलाई सम्भावित सहयोगको अन्वेषण गर्न र आफ्नो देश विकासमा लागि कार्य गर्दै आफु र आफ्नो भावी पुस्ताको लागि एक राम्रो भविष्य निर्माण गर्न आग्रह गरे । यो अन्तर्कृया अत्यन्त प्रेरणादायक रहेको थियो ।

अन्तत ग्लोकलले वाई वाइसँगको साझेदारी मार्फत् युवा विकासका नविनतम आयाम सिर्जना गर्ने कुरामा साकारात्मक रहेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स