सवा २ खर्बले घट्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ लाख बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्र्ब ८४ करोड कायम भएको छ । गत आर्थिक वर्षको अन्त्यको तुलनामा जेठसम्म २ खर्ब २३ अर्बले विदेशी विनियम सञ्चिति घटेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ खर्ब ७५ अर्ब रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ लाख रहेकोमा २०७९ जेठ मसान्तमा १७.१ प्रतिशतले कमी आई १० खर्ब ३१ अर्ब ८९ लाख कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा ६.१ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ९५ करोड कायम भएको छ । २०७९ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स