नबिल र एनबी बैंकको आज एकीकृत कारोबार, पायोनियर बैंकर ढुंगानाको नेतृत्वमा ४ डिसीईओ

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकले आज असार २७ गतेदेखि एकीकृत कारोबार गर्दैछन् । नबिल बैंकले एनबी बैंकलाई एक्वायर गरेपश्चात दुवै बैंकको एकीकृत कारोबार आज सुरु हुन लागेको हो । नबिल बैंकको स्थापना दिवस पारेर बैंकले एकीकृत कारोबार सुरु गर्न लागेको हो । नबिल बैंकको स्थापना भोलि मंगलबार जुलाई १२ मा हो ।

यहि असार १७ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पायोनियर बैंकर ज्ञानेन्द प्रसाद ढुंगाना रहेका छन् । यसअघि बैंकमा अनिलकेशरी शाह सीईओ थिए । ३ दशक बैकिङ क्षेत्रमा अनुभव सम्हालेका ढुंगानको नेतृत्वले बैंकलाई थप उचाइमा पुर्याउने विश्वास बैंकले लिएको छ ।

बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकलाई अझ उचाइ पुर्याएर आम नागरिकको रोजाइको बैंक बनाउने बताए । ‘बलियो सिष्टम र सवल टिमले बैंकलाई अझ बढी स्थापित र सामाजिक उत्तरदायित्व पुरा गर्दै सेवामा समर्पित बैंक बनाउँछौं,’ उनले भने ‘बैंकमा ४ जना डीसीईओ रहनु हुनेछ ।’

बैंक सञ्चालक समिति बोर्डमा ३ दशमभन्दा बढी समय बैकिङ क्षेत्रमा विताएका उपेन्द्र प्रसाद पौड्यााल अध्यक्ष छन् । अध्यक्ष पौड्याल र सीईओ ढुंगानाको टिमले बैंकलाई अझ सवल, सक्षम र ग्राहकको सेवामा समर्पित बैंक बनाउन मद्दत मिल्ने छ । नविनतम् प्रविधिमा काम गर्न लागि परेको बैंकको मुख्य उद्देश्य भनेकै ग्राहकको सन्तुष्टी हो ।

नबिल बैंक र एनबी बैंकको एकीकृत कारोबारपछि नबिल बैंकमा ४ जना डेपुटी सीईओ रहने छन् । भूपेन्द्र पाण्डे, मनोज ज्ञवाली, सुजित कुमार शाक्य र विनय कुमार रेग्मीले नबिलमा डीसीईओ जिम्मेवारीमा रहने छन् ।

४८ प्रतिशतसम्म लाभांश वितरण गर्ने नबिल नम्बर ‘वान’ बैंक
बैंकिङ जगतमा छुट्टै शाख बनाएको नबिलको बैंक लाभांश घोषणा पनि अन्य बैंकको तुलनामा राम्रो र आकर्षक छ । बैंकको ३७ वर्षे इतिहासमा छुट्टै छवि कायम गरेको बैंकले २०७७/७८ मा ३८ प्रतिशत लाभांश घोषणा वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाबाट ३५.२६ प्रतिशत लाभांश बाँडेको नबिलको यस आवमा पनि करिब ३० प्रतिशतको हाराहारीमा लाभांश बाड्न सक्ने क्षमता देखिएको छ ।

बैंकले आव २०७३/७४ मा १८ प्रतिशत नगद र ३० प्रतिशत बोनस सेयर गरी लगानीकर्तालाई ४८ प्रतिशत लाभांश वितरण गरेकामा आव २०७४/७५ मा लाभांशमा १४ प्रतिशत खुम्चियो । सो आवमा बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशतमात्र बोनस सेयर वितरण गरेको थियो । आव २०७५/७६ मा पनि बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी कुल ३४ प्रतिशत नै वितरण गरेको थियो ।

आव २०७६÷७७ मा भने अघिल्लो वर्षमा दिएको प्रतिफलमा १.२६ प्रतिशत थप गर्दै ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद गरी ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

लगानीकर्तालाई दिने प्रतिफल क्रमिक रुपमा बढाएर नबिलले आव २०७७/७८ को सञ्चित मुनाफाबाट ३३.६ प्रतिशत बोनस र कर प्रयोजनका लागि समेत ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश घोषणा गरिसकेको छ ।

पुँजीको आकारले पनि टपमै
दुवै बैंकको गत जेठ ७ गते सम्पन्न विशेष साधारण सभाले नबिल बैंकले एनबी बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको थियो । एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्रदान गरेको हो । योसँगै बैंकले आफ्नो आन्तरिक प्रक्रिया मिलाएर आज एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

नबिल बैंकले एनबी बैंकलाई १००ः ४३ स्वाप रेसियो अनुपातमा गाभ्न लागेको हो । यो भनेको एनबी बैंकको १०० कित्ता बराबरको सेयर नबिलमा गाभिएपछि ४३ कित्ता हुनेछ ।

नबिल बैंक र एनबी बैंक गाभिएपछि बैंकको निक्षेप २ खर्ब २१ अर्ब तथा कर्जा ३ खर्ब ७ अर्ब नाघ्ने छ भने कुल शाखा संख्या २३४ पुग्नेछ । नबिलले एनबीलाई गाभेपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

नबिल बैंकलाई शुभकामना !

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स