काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९४ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर ११ सय ८५ रूपैयाँ कायम भएको छ ।