१ वर्षमा नेप्से परिसूचक १५२१ अंकले बढ्यो, ६१ अर्ब ६७ करोड बराबरको धितोपत्र निष्काशन गर्न सेबोनले दियो अनुमति

काठमाडौं । १ वर्षमा नेप्स परिसूचक १५२१ अंकले वृद्धि भएको छ । २०७७ असारमसान्तसम्म १३६२.४ अंक रहेको नेप्से परिसूचक २०७८ मा सो अंकले बढेर २८८३.४ अंक पुगेको हो । नेप्से परिसूचक बढेसँगै बजार पुँजीकरण पनि १२४ प्रतिशतले बढेर ४० खर्ब १० अर्ब ९६ करोड पुगेको छ ।

१ वर्षको अवधिमा नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनी सूचीकृत भएका छन् । सूचीकृत कम्पनीमध्ये १४३ बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी रहेका छन् भने ४० वटा जलविद्युत कम्पनी, १९ वटा उत्पादन तथा प्रशोधन कम्पनी, ५ वटा होटल, ५ वटा लागनी कम्पनी रहेका छन् । त्यसरी नै नेप्सेमा सूचीकृत कम्पनीमध्ये ४ व्यापारिक संस्थान र ३ अन्य समूहका कम्पनी रहेका छन् । २०७७ असारमसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१२ थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको ६८.९ प्रतिशत हिस्सा रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको ८.४ प्रतिशत, लगानी कम्पनीको ८.१ प्रतिशत, बाँकी उत्पादन तथा प्रशोधन रहेको छ ।

धितोपत्र बजारमा उद्योगको हिस्सा ३.७ प्रतिशत, होटलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा आधा प्रतिशत र अन्य कम्पनीको हिस्सा ८.९ प्रतिशत रहेको राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

२०७८ असारसम्ममा सूचीकृत ५ अर्ब ८३ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ७३ अर्ब २४ करोड रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूले २ खर्ब ८४ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४६ अर्ब ७४ करोड बराबरको बोनस सेयर, ४२ अर्ब १७ करोड बराबरको साधारण सेयर निष्काशन गरेका छन् ।

त्यसरी नै २०७८ असार मसान्तसम्म १८ अर्ब ५५ करोड मूल्य बराबरको डिबेन्चर, ६ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड र ५ अर्ब ५२ करोड बराबरको हकप्रद सेयर गरी कुल ४ खर्ब ४ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २३ अर्ब ४ करोड बराबरको डिबेन्चर, १५ अर्ब १८ करोड बराबरको साधारण सेयर, १४ अर्ब ५ करोड बराबरको हकप्रद सेयर र ९ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ६१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स