काठमाडौं । नबिल बैंकमा कर्जाको लागि अनलाइन बाटै आवेदन दिन सकिने भएको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सकिने बैंकका संस्थागत संचार विभाग प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।
‘बैंकले यो सुविधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन् ।
बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सीमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अनुरूप रहेको छ ।
बैंकको देशभर १३५ वटा शाखा कार्यालय, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समूह र मजवुत र सुरक्षित बैंकिङ प्रणालीको साथ ३७ वर्षीय बैंकिङ अनुभवको साथ बैंकको ग्राहकहरुलाई मूल्य अभिवृद्घि गर्न सेवा दिइरहेको बताएको छ ।