अर्थमन्त्रीमा कार्की, पुन कि फेरि फर्केलान् शर्मा ?

काठमाडौं । बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । योसँगै अव अर्थ मन्त्रालय कस्को बागडोरमा जान्छ भनेर वहस सुरु भइसकेको छ । अर्थमन्त्रीका आकांक्षीहरू वर्षमान पुन र ज्ञानेन्द्रवहादुर कार्कीमध्य एकले पाउने चर्चा माओवादीभित्र चर्चा हुन थालेको भने अर्कोतर्फ चौतर्फी दवाव खेप्न नसकेर राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मा नै फर्कने चान्स पनि देखिएको छ ।

सरकारले बुधबार संसदीय समिति गठन गरेपछि छानविन गर्न सजिलो होस् भन्नका लागि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए । तर, सरकारले १० दिनको अवधि लगाएर संसदीय समितिलाई सो काम गर्न जिम्मा लगाउनु भनेको अर्थमन्त्री शर्मालाई क्लिन चिट दिनु सरह नै हो । सो कारण समितिको प्रतिवेदन जनार्दन शर्माको पक्षमा आउने भएकाले अर्थमन्त्रीमा उनै शर्मा फर्कने आकलन एक पक्षको देखिएको छ ।

एद्यपि सरकार गठबन्धनका अर्का पक्षले भने हाल सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रवहादुर कार्की अर्थमन्त्री बन्ने बताइरहेका छन् । गठबन्धन सरकारले अर्थ मन्त्रालय माओवादीका भागमा परेको थियो । पछिल्लो घटनापछि सो मन्त्रालय आफैले लिने देउवा सरकराले रणनीति लिएको बुझिएको छ । सुनसरीबाट विजेता कार्की हाल सरकारका प्रवक्ता हुन् भने उनले सूचना तथा सञ्चार मन्त्रालय सम्हालिरहेका छन् ।

यदि शर्मा फर्किएनन् भने यसअघि अर्थमन्त्री बनिसकेका कार्कीलाई नै अर्थमन्त्री दिने भन्ने सरकारको भित्री तयारी भएको बुझिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग मतभेद भएका अर्थमन्त्री शर्माको पछिल्लो समय प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि सम्बन्ध चिसिएको छ । माओवादी अध्यक्ष प्रचण्ड नै स्वयम शर्मालाई अर्थमन्त्रीबाट फाल्न लागि परेको पनि बुझिएको छ ।

यदि शर्मा अर्थमन्त्रीमा फर्कन पाएनन् भने गठबन्धन सरकारले कार्कीलाई अर्थमन्त्री बनाउने र माओावादी पाटीभित्र सबैभन्दा शक्तिशाली पद मानिने महासचिवको पद पूर्व अर्थमन्त्री वर्षमान पुनलाई दिने तयारी भएको छ भने कहिले माछा हातल लाउन पाउछु भनेर ढुकेर बसेका नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित परराष्ट्र मन्त्रालय दिने बुझिएको छ ।

मंगलबारदेखि छानविनको काम हुने
बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष संसदीय समितिको पहिलो बैठक आउँदो मंगलबार बस्ने भएको छ ।

आज शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको सहजीकरणमा समितिमा रहेका सदस्यहरूबीच बैठक भएको छ । शर्मामाथि छानबिन गर्न बुधबार संसदले ११ सदस्यीय विशेष छानबिन समिति बनाएको थियो। एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन् । कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत छन्।

नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स