काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा केही दिन बन्द हुने भएको छ। दुवै बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकोले बैंकिङ सेवा तथा कारोबार बन्द हुन लागेको हो । एकिकृत कारोबार गर्नका लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले सेवा प्रभावित हुने बैंकले जनाएको हो ।
डाटा माइग्रेसन गर्नु पर्ने भएकोले नबिल बैंकको असार २४ गते शुक्रबारदेखि र एनबी बैंकको असार २३ गते बिहीबारदेखि आगामी असार २७ सोमबार(बिहान कार्यालय समय अगाडि) सम्म सम्पूर्ण बैंकिङ सेवा बन्द हुने छ । उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड तथा प्रिपेड कार्ड र एनबी बैंकको पनि क्रेडिट भने सञ्चालनमा रहने छ ।
असार २७ गतेदेखि नेपाल बंगलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुले नबिल बैंक लिमिटेडेको प्रादेशिक/शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्नेछन् ।