धनगढीमा ९ प्रशिक्षार्थी प्रहरी जवान बेहोस  एक एक जना आइसियू र भेन्टिलेटरमा

काठमाडौं । कैलालीमा प्रशिक्षार्थी प्रहरी अत्याधिक गर्मीका कारण १० किलोमिटर दौडका क्रममा ९ जना बेहोस भएका छन् । प्रहरीका अनुसार बेहोस हुनका कारण ‘हिट स्टो«क’ रहेको बताए।

बेहोस भएका उनीहरूलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। उपचारका क्रममा गम्भीर एक जनालाई आइसियूमा राखिएको कैलाली प्रहरीका प्रवक्ताले बताए। एकजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले बताए। अन्य ७ जना भने सामान्य उपचारपछि फर्किएका छन्।

तालिमका क्रममा रहेका उनीहरू भदौंमा पासआउट हुने बताउँदै डिएसपी जोशीले सुदूरपश्चिम प्रदेश दिपायल तालिम केन्द्रमा बढी प्रशिक्षार्थी भएका कारण केहीलाई धनगढी र केहीलाई महेन्द्रनगरमा तालिम प्रदान गरिरहेको बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स