अप्पर सोलु हाइड्रोको आईपीओमा ११ लाख बढीको आवेदन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा ११ लाख बढी आवेदकको आवेदन परेको छ।

बुधबार साँझ ५ः१० बजेसम्ममा ११ लाख ९ हजार ७६२ जना आवेदकबाट १ अर्ब २८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड २८ लाख ४६ हजार ९९० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको हो। निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा पहिलो दिननै माग भन्दा बढी आवेदन परेकोले असार २३ गते नै बन्द हुनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स