आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक विदा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी । आज सोमबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

सरकारले विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ । आज सरकारले देशभर विदा दिएको छ । आज जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरी भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको छ ।

यद्यपि यस वर्ष कोरोना भाइरस नयाँ भेरियन्ट संक्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने जनाइएको हो । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन रहेको थियो । कोरानाका कारण सो जात्रा पनि यस वर्ष प्रभावित भएको छ ।

घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । यस अवसरमा विभिन्न विद्यालयले बालबालिकालाई श्रीकृष्णका रूपमा सिँगारेर यो पर्व मनाउने गरेकामा शैक्षिक संस्था बन्द रहेकाले यसपटक त्यस्तो कार्यक्रम छैन ।

श्रीकृष्ण जन्माष्टामी उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशबासीका नाममा शुभकामना दिएकी छिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स