आइतबार सेयर बजारमा सबैभन्दा धेरै गुमाउने कम्पनी यस्ता छन्

काठमाडौं । नेप्से ४९.१८ अंकले घटेर ३०४४.८६ विन्दुमा पुगेको छ । आइतबार सेन्सेटिभ इन्डेक्स पनि ८.५७ अंकले बढेको छ ।

आज २२७ कम्पनीको सेयर १ लाख ५९ हजार पटक कारोबार भएको छ । २ करोड ४८ लाख ८८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

फाइनान्स उपसमूह २१.८८ अंकले बढेको छ । आज सबैभन्दा धेरै लाईफ इन्स्योरेन्स उप समूहको ३०२.२ अंकले घटेको छ ।
बजार करिब ५० अंकले घट्दा रुरु जलविधुत परियोजनाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता १६६२ रुपैयाँमा कारोबार भएको थियो भने आज १४९५.८० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य १६६.२० रुपैयाँले घटेको हो ।

सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य ७.३५ प्रतिशतले घटेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता ५९९ रुपैयाँमा कारोबार भएको थियो भने आज ५५५ रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले घटेको छ ।

गोर्खा फाइनान्सको सेयर मूल्य १३३० रुपैयाँमा झरेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता १४११ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको सेयर मूल्य ६.७४ प्रतिशत आर्थत् ८१ रुपैयाँले घटेको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता १३३० रुपैयाँमा कारोबार भएको थियो भने आज १२६० रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ७० रुपैयाँले घटेको हो ।

वरुण हाइड्रोपावरको सेयर मूल्य ३५.१० रुपैयाँले घटेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता ६७० रुपैयाँमा कारोबार भएको थियो भने आज ६३४.९० रुपैयाँमा झरेको छ । कम्पनीको सेयर मूल्य ५.२४ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स